Logo

अब चितवनसम्म पाइपबाटै डिजेल र ग्यास



काठमाडौं, कात्तिक ९ । भारतबाट पाइपलाईनमार्फत अमलेखगञ्जसम्म डिजेल आयत सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाईनबाटै ल्याउने भएको छ । भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाईन निर्माण गर्न निगम र इण्डियन आयल कर्पोरेशनबीच सहमति छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाईन चिनवनसम्म बिस्तार गर्ने सहमति पनि दुवै पक्षबाचि भएको छ । करिव २५ अर्व रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाईन र भण्डारण स्थल निर्माण गरिने छ ।

आजको नागरिक राष्ट्रिय दैनिकमा दिलीप पौलेलले यो समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्