काठमाण्डौ । शरद ऋुतमा सगरमाथा आरोहणको प्रयास असफल भएको छ । सगरमाथा आरोहणका लागि दुई टोलीका १० आरोहीले अनुमति लिएकोमा कोही पनि सफल भएनन् । शरद ऋतुमा सगरमाथा आरोहण गर्नु जोखिमपूर्ण मानिन्छ । अहिलेसम्म यो मौसममा एक जनाले मात्रै सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।
सगरमाथा चढ्ने मौसम वषन्त ऋतु हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न चाहनेको संख्या अन्य ऋतुमाभन्दा बढि हुन्छ । सगरमाथा आरोहणका लागि प्रतिकूल मौसम मानिने शरद ऋतुमा पनि आरोहण गर्न चाहनेहरु छन् । तर सफल हुन सकेका छैनन् । यसपटकको शरद ऋतुमा सगरमाथा आरोहणका लागि २७ टोलीका २ सय ६४ जनाले आरोहण अनुमति लिएका थिए ।
तर कोही पनि सगरमाथाको चुचुरोमा पूग्न सकेनन् । शरद ऋतुमा एकै रुटबाट जानुपर्ने सगरमाथा, नुप्त्से र ल्होत्सेमा कुनै पनि पर्वतारोहीले चुचुरो चुम्न नसकेको पर्यटन विभागले बताएको छ । शरद ऋतुमा अधिक हिउँ जम्ने र हिउँका ढिस्काहरु बढी खस्ने जोखिमकम कारण सफल नभएको विभागका निर्देशक सुरेन्द्र थापा बताउँछन् ।
यसपटक केही आरोही साउथकोलसम्म पुगेपनि त्यहाँबाट माथि जानसक्ने अवस्था नभएपछि फर्किए । सगरमाथामा ‘क्याम्प थ्री’ पछिको विन्दु साउथकोल हो । पछिल्लो पटक सन् २०१० मा अमेरिकी आरोही एरिकले अक्टोवर महिनामा सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि भने कुनै पनि आरोही शरद ऋतुमा सगरमाथाको चुचुरोमा पुगेको रेकर्ड छैन । यो वर्षात पछिको समय रहेकोले पनि असफल हुन गएको विभागको भनाई छ । फाट्टफुट्ट वर्षात जारी नै रहेको हुन्छ । यसबेला अधिक हिमपात हुने र ठूल्ठूला ढिस्का खस्ने गर्छन् । आरोहीले जोखिम लिन मान्दैनन् । वसन्तु ऋतुमा जस्तै तयारी शरद ऋुतमा नहुने थापाले बताए ।
अनुकूल मौसमका कारण बसन्तु ऋतु चैत–वैशाख मा सगरमाथामा भीड लाग्ने गरेको छ । सन् २०१९ मा मात्र ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए । पर्वतारोही र सहयोगी गरी कूल ७ सय हाराहारी मानिस सगरमाथा चुचुरोमा पुगेका थिए । शरद ऋतुमा मात्र ४४ हिमालका लागि जारी आरोहण अनुमतिबाट करीव ६ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागको तथ्यांक अनुसार ५ करोड ९३ लाख २१ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।