काठमाडौं, कात्तिक १० । आज आइतबार घरघरमा लक्ष्मीपूजा गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ । कात्तिक कृष्ण चतुर्दशीमा मनाइए पनि आइतवार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । सोमवार बिहान औंसी तिथि भए पनि बिहानको ९ बजेर ४३ मिनेट गएपछि प्रतिपदा तिथि लाग्नेछ ।
कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा÷आराधना गर्ने चलन रहेको छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातको रुपमा लिइन्छ । कतिपयले यो रातलाई चुक घोप्ट्याएको जस्तै अध्यारो रात भनेर पनि अथ्र्याउँछन् ।
यस्ता अध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइन्छ ।