काठमाडौं, १० कात्तिक । शेयर लगानीकर्ताका संगठनहरुले नेपाल धितापत्र बोर्डमा योग्य व्यक्ति अध्यक्ष छनोट गर्न माग गरेका छन् । उनीहरुले देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित शेयर बजार निरन्तर खस्किँदै जानुमा नियमन निकाय बोर्डमा सही नेतृत्व नहुनुपनि एउटा कारण औल्याएका छन् ।
शेयर बजारमा सुधार नआउँदा लगानीकर्ताहरुको अर्बौं सम्पत्ति डुबिसकेकाले चाँडोभन्दा चाँडो बोर्ड अध्यक्ष नियुक्त गर्न माग गरेका हुन् ।