Logo

भालेको अण्डा भन्दै एक करोडमा बेच्न खोज्दा चितवन प्रहरीको खोरमा



काठमाडौं, कार्तिक १० । आफुुले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका २ झार्लाङ कलङमरङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन् । उनले पालेको कखुराको खोरमा सबै भन्दा सानो अण्डा भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कुखुराले सानो अण्डा पारेपछि सोमबहादुरले छिमेकिलाई देखाए । एकले अर्काेलाई देखाउदै गर्दा सो अण्डा भालेले पारेको र एक करोड भन्दा बढी मूल्य पर्ने भन्दै हल्ला फिजाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यसपछि धेरै मूल्य पाउने प्रलोभनमा सोमबहादुरले अण्डा लुकाए । त्यसको पर्सिपल्ट अण्डा गायव हुँदा उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । उनले छिमेकीलाई आफुले पालेको कुखुराले पारेको अण्डा देखाउदा भालेको अण्डा सानो हुने र त्यो बहुमूल्य हुने चर्चा सुने ।

एक करोड भन्दा बढी मूल्यमा उक्त अण्डा विक्रि हुने थाहा पाएपछि उनले अण्डाको फोटो खिचेर घर भित्रको भकारीमा लुकाएका थिए । सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफुसंग रहेको र ग्राहक खोजिदिन खपर पठाए ।

तर, दुई दिन पछि राखेको ठाँउमा अण्डा भेटिएन । अण्डा हराएपछि उनले आफुले विश्वास गरेको लामा झाँक्रि (गजबहादुर लामा) लाई हेराए । झाँक्रिले छिमेकीले उक्त अण्डा चोरेर चितवन पठाएको भनिदिए ।

झाँक्रिले अण्डा चोेरेको आरोप लगाएका राजकुमार तामाङर सोमबहादुरको साला नाता पर्ने बिच अण्डा चोरेको आरोपमा सदरमुकामको एक होटलमा झगडा भयो । उनीहरुको झगडा पछि भालेको अण्डाकाण्ड प्रहरीकोमा प्रवेश गरेको हो ।

झगडा पछि चोरी आरोप लागेका व्यक्तिले आफ्नो मानहानी भएको भन्दै झाँक्रि लामा र सोमबहादुर विरुद्ध उजुरी दिए । हाल दुबै जनालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । आजको अन्नपूर्ण पोस्टले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्