Logo

चरेससहित नियन्त्रणमा



बझाङ, १० कात्तिक : लागुऔषध चरेससहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना ६ ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थियो ।

सो परिणामको लागूऔषध लिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका–८ बस्ने दिनेश जप्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत पाण्डेले बताए । रासस



प्रतिक्रिया दिनुहोस्