काठमाडौं, ११ कात्तिक । सूर्या लाइफ इन्स्योरेनसले कात्तिक २४ गतेदेखि ३ लाख ९ हजार ३०२ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएका संस्थापकतर्फका २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणतर्पmको २ लाख ८१ हजार ९१२.८ कित्ता गरी ३ लाख ९ हजार ३०२ कित्ता सेयर लिलामीमा बिक्री गर्न थालेको हो ।
कम्पनीले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ८८ करोड ७४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री बिक्री खुल्ला गरेको थियो । हकप्रदमा सबै सेयर बिक्री नभएपछि बाँकी लिलामी बिक्री गर्न लागेको हो ।
कम्पनीले लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । त्यसको लागि न्यूनतम मूल्यभन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्ने छ ।
आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्ने बताइएको छ ।
संस्थापकतर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारणतर्पm अधिकतम ५० हजार कित्तासम्मको लागि मात्रै आवेदन गर्न पाइने छ । बोलपत्र पेश गर्न इच्छुकले कम्पनीको सेयर बिक्री प्रवन्धक एनआईंसी एसिया क्यापिटल र सूर्या लाइफको वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखामा मंसिर १ गतेसम्म आवेदन पेश गर्न पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गत कात्तिक ७ गतेसम्म कम्पनीको सेयर प्रतिकित्ता २६५ रुपैयाँको सेरोफेरोमा कारोबार भइरहेको थियो ।