बलिउड स्टार अमिताभ बच्चन बलिउडको सबैभन्दा बढी पारिश्रमिक लिनेमा पर्छन् । अमिताभ ९० दशकमा भारतमा खुब नाम चलेका अभिनेता हुन् । उनी अझै पनि फिल्ममा सक्रिय छन् । उनीसँगै सक्रिय छन् अर्का साउथ सुपरस्टार चिरञ्जीवी । एकपटक उनले सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता अमिताभलाई समेत पछाडि छाडेका थिए ।
६२ वर्षिय चिरञ्जीवी अझै उतिक्कै सक्रिय छन् । उनको फिल्ममा दमदार एक्सनसँगै रोमान्सको फरक अन्दाज देख्न सकिन्छ । हालसालै प्रदर्शनमा आएको पिरियोडिक ड्रामा “साइरा नरसिम्हा रेड्डी” मा चिरञ्जीवी र अमिताभ बच्चन एकसाथ स्क्रिनमा देखा परेका छन् । एक सय ५० करोडमा बनेको सुरेन्द्र रेड्डी निर्देशित र राम चरण निर्मित फिल्म कुरनूलका लोकप्रिय स्वतन्त्रता सेनानीको जीवनमाथि आधारित छ । बक्सअफिसमा राम्रो व्यापार गरेको फिल्म तेलुगू, हिन्दी र कन्नाडा भाषामा प्रदर्शन भएको थियो ।
चिरञ्जीवी नामबाट चर्चित यी अभिनेताको वास्तविक नाम कोनिदेला शिव शंकर वरा प्रसाद हो । उनले फिल्ममा इन्ट्रीपछि आफ्नो नाम परिवर्तन गरेर चिरञ्जीवी राखेका थिए । राजनीतिज्ञ पनि रहेका चिरञ्जीवीले आफ्नो करिअरको दौरानमा साउथको ९ फिल्मफेयर अवार्ड जितेका छन् । सन् १९७८ फिल्म “पुनाधिराल्लु” बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका उनलाई घर–घरमा पहिचान भने फिल्म “मना पूरी पन्डावुलू” बाट मिलेको थियो । उनको बक्सअफिसमा रिलिज पहिलो फिल्म भने “प्रणाम खारिद” हो । File Photo