Logo

भाइरल बाबा अघोरी नभई ‘स्त्रीलम्पट’ भएको आरोप



काठमाडौं, १४ कात्तिक । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले भाइरल बाबालाई ‘स्त्री लम्पट’ भनेका छन् । थापाले उनलाई अघोरी बाबा नभएर ढोंगी भएको बताए । वैवाहिक सम्बन्धमा बाँधिएका ती भाइरल बाबाको दाम्पत्य जीवनसँग कुनै समस्य नभएको तर उनलाई अघोरी भन्न नसकिने उनको भनाई रहेको छ ।

श्रीमतीको रुपमा शारदा पाण्डेसँग भाइरल बाबाले वैवाहिक जीवन सुरु गरेका छन् । थापाले विवाहप्रति असहमती नभएको तर अघोरले विवाह गर्ने प्रथा नै नभएको बताएका छन् । यो विवाह आफैमा शंकास्पद विषय रहेको छ । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले भाइरल बाबालाई खुल्ला चुनौती दिएका छन् । भाइरल बाबाले हातहतियार, बल प्रयोग गरेर साङ्गितिक हमला गर्छु भनेको कुरालाई समेट्दै चुनौती दिएका हुन् ।

भाइरल बाबाले सामाजिक सञ्जालमा मुखमा जे जे आयो त्यही बोल्ने र असभ्य शब्दहरुको प्रयोग गरेर गालीगलौज गर्ने गरेका छन् । बाबासँग धार्मिक मान्यता र शालिनता नभएको कुरा उनको बोल्ने शैलीबाट प्रष्ट देखिन्छ । पछिल्लो समय उनलाई स्त्री लम्पट, बलत्कारी, ठगी र अवैध लागूऔषधीको कारोबार गर्ने व्यक्तिको संज्ञा दिइएको छ ।

कालो लुगा लगाएर मात्र अघोरी बाबा नहुने थापाले बताएका छन् । उनले पशुपतिनाथ मन्दिरमा डा. त्यागीनाथ अघोरी बाबा रहेको पनि उल्लेख गरेका छन् । ती अघोरी बाबालाई भेट्न निकै गाह्रो हुन्छ भने उनी कुनै मिडियामा देखा पर्दैनन् । घोर कडा परिश्रम गरेर स्त्रीबाट टाढा मसानघाटमा बस्ने बाबाहरुलाई मात्र अघोरी बाबा भनिन्छ । संसारी माया मोह छोडेर आफ्नो अन्त्यष्टि आफैले गरेर मसानघाटमा घोर तपस्या गरेर अघोरी बाबा बस्ने गर्छन् ।

अघोरी बाबा भनेर भाइरल भएका ती बाबाको नाम माइकल हो । लाजिमपाटस्थित घर भएका यी बाबा कुनै बेला आफ्नो जीवनयापनको लागि ज्याला मजदुरी गर्ने गरेको कुरा खुलेको छ । सामाजिक सञ्जालबाट भाइरल भएका यी बाबाले आफुलाई अघोरी बाबा भनेर चिनाएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर विभिन्न विज्ञापनहरुमा अभिनय गर्ने ती बाबालाई अघोरी बाबा भन्न मिल्दैन । अघोरी बाबालाई कुनै पनि माया, मोह र पैसाको लोभ हुँदैन । सबै कुराको त्याग गरेर अघोरी बाबा बन्ने हो । तर उनी आफु कतिको सत्य छन् भन्ने कुरा उनले गर्दै आएका विभिन्न नकरात्मक क्रियाकलापहरुले पुष्टि हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्