एजेन्सी । घटना रुसको हो । आफ्नी बहिनीको सफलतामा देख्न नसक्ने एक जना दिदीले मोडल बहिनीको हत्या गरेकी छन् ।
बहिनी मोडल बनेर रातारात चर्चामा आएकी ईष्र्याले जलेरको उनकी सहोदर दिदीले हत्या गरेकी छिन् । २२ वर्षीया युवती इलिजावेता डुब्रोभिनाले आफ्नी १७ वर्षीया मोडल बहिनी स्टेफानियाको हत्या गरेकी हुन् ।
पक्राउपछि दिदी इलिजावेताले बहिनीमाथि ईष्र्याका कारण छुरा प्रहार गरी हत्या गरेको जनाएकी छन् ।मोडल बहिनी चर्चित भएपछि उनमा ईष्र्याको भाव उत्पन्न भएको प्रहरीको भनाइ छ ।
स्टेफानियामाथि १ सय ८९ पटक दर्दनाक ढंगले छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनको गुप्तांग, आँखालगायतका संवेदनशील अंगमा निर्मम तवरबाट छुरा प्रहार भएको छ । अदालतले ईष्यालु दिदीलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । हत्या गर्नो इलिजावेता पनि मोडल नै हुन् ।