काठमाडौं, कार्तिक १५ । हालै हङकङ अन्तर्रा्ष्ट्रिय विमानस्थले तयार पारेको अन टाइम पर्फमेन्स रिपोर्टमा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा नभएको देखिएको छ। सो रिपोर्टमा देखिएअनुसार गत अगस्ट र सेप्टेम्बर महिनामा हङकङका लागि नेपाल एयरलाइन्सको कुनै पनि उडान समयमा भएको छैन। उडान ढिलाइ हुनुमा मुख्यतः ३ वटा कारण देखाइन्छ।
अपरेसन, इन्जिनियरिङ तथा कमर्सियल। अपरेसनका कारण उडान ढिलाइ गर्नुमा मुख्य दोषी विमानका पाइलट हुन्छन् भने कहिलेकाहींं समयमै विमान मर्मतसम्भार नहुँदा पनि उडानमा ढिलाइ हुन्छ। विभिन्न लेखा राख्ने क्रममा ढिलाइ हँुदा पनि उडान प्रभावित हुन्छ।
नेपाल एयरलाइन्सको हङकङ उडानमा केही ढिलाइ देखिए पनि शून्य प्रतिशत नै भन्न नमिल्ने अपरेसन डाइरेक्टर दीपु जोहार्चन बताउन्छन् ।आजको नेपाल समाचार पत्रमा खवर छ ।