काठमाडौं, कात्तिक १५ गते । यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन्् । कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन् । विभागका अनुसार ती दलबाट १० जना आरोहीले अनुमति पाएका छन् ।
सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । विभागका अनुसार २६ ओटा आरोहण दलका ३०१ जनाले अहिलेसम्म आरोहण अनुमति लिएका छन् ।आजको गोर्खापत्रमा खवर छ ।