Logo

सांग्रिला डेभलपमेन्ट बैंकले मनायो १५ औं वार्षिकोत्सव



काठमाडौं, १५ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं वाार्षिकोत्सव भव्य रुपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा केक काटेर १५ औं बार्षिकोत्सव मनाईएको बैंकले जारी गरेको विज्ञप्तीमार्फत जनाएको छ । बिहीबार कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

बार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा आज शुक्रबार रक्तदान कार्यक्रम गर्ने र भोलि (शनिबार) बैंकका कर्मचारी तथा ग्राहकको उपस्थितिमा प्रभातफेरी कार्यक्रम गर्ने पनि बैंकले जनाएको छ ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता पनि व्यक्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘बैंकलाई बिगत १५ बर्षदेखि आजका दिनसम्म ल्याई पुु¥याउन निरन्तर सहयोग गर्नुुहुुने ग्राहकहरु, शेयरधनीहरु, सञ्चालकहरु, बैंकमा अहोरात खटिई सेवा गर्ने मानव संशाधन परिवार, शुभेच्छुकहरु तथा सम्पूूर्ण नियमनकारी निकायहरु एवं सहयोगी संस्था र कार्यालय साथै संचार मिडिया प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछौं । धन्यवाद ।’



प्रतिक्रिया दिनुहोस्