Logo

मन्त्रिपरिषद बैठक किन आकस्मिक डाकियो ?



काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे बस्नेगरि फेरि मन्त्रिपरिषदको बैठक डाकेका छन् । आज विहानमात्रै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।

मृगौलामा गम्भिर समस्या देखिएपछि उपचार गराईरहेका प्रधानमन्त्री ओलीले आफू अस्वस्थ भएकाले बालुवाटारमै मन्त्रिपरिषद बैठक डाकेका हुन् । यो बीचमा ओलीले दुई पटक डायलासिस गरिसकेका छन् । आज वा भोलिभित्रै फेरि अर्को डायलासिस गर्ने तयारीमा रहेका ओली आज विहान फोक्सो र छातीको जाँच गराउन त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्