काठमाडौं, कार्तिक १८ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्रा्िष्ट्रय विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
दुई दशकअघि मुलुककै वैकल्पिक अन्तर्रा्िष्ट्रय विमानस्थलका रुपमा प्रस्तावित उक्त विमानस्थलको निर्माणका लागि कम्पनी छनोटको काम अघि बढिसकेको छ ।
सो योजना क्षेत्रको पहुँचमार्ग, फेरिफेरि सडक निर्माण तथा रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको दुई वर्ष बितिसक्दा पनि सो काम अहिलेसम्म सुरु हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा खवर छ ।