काठमाडौं, कार्तिक १८। निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि लक्षित गर्दै उम्मेदवारलाई खर्चको सीमा तोकिदिएको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित स्थानीय तहका प्रमुखहरूको समेत निर्वाचन प्रचारप्रसारका लागि खर्चको सीमा तोकिदिएको हो ।
जसअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख र प्रदेशसभा सदस्यले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् भने उपमहानगरपालिका प्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
यसैगरी, उपनगरपालिकाको वडाध्यक्षले २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षले २ लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार र गाउँपालिका वडाध्यक्षले १ लाख ५० हजारसम्म निर्वाचन प्रचारप्रसारका लागि खर्च गर्न पाउँनेछन् ।आजको राजधानी दैनिकमा खवर छ ।