काठमाडौं, २० कात्तिक । भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विरोध प्रदर्शन गरेको छ।
विद्यार्थीहरुले ‘लिपुलेक, कालापानी, लिम्पियधुरा हाम्रो हो’, ‘गो ब्याक ईण्डिया’, लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो। उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद! भन्दै नारा लगाएका थिए।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम