Logo

‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !



काठमाडौं, २० कात्तिक । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले निकालेको विज्ञप्तीको बारेमा कडा टिप्पणी गरेका छन् । आज साँझ आफ्नो ट्वीटरमा उनले यस्तो लेखेका छन्,”चरम ‘राष्ट्रवाद’को डंका पिटेर २/३ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात (वा आँत ?) किन काँपेको होला ? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !”

भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शाबारे सरकार बोलेको छ । सरकारले भारतको नयाँ नक्शा मान्य नहुने भनेको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी भनेको छ, ‘दुवै देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने स्पष्ट छ ।’

भारतको नयाँ नक्शामा कालापानी क्षेत्र उसको सीमाभित्र उल्लेख गरिएपछि विरोध शुरु भएपछि सरकार बोलेको हो । सरकारले भनेको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।’



प्रतिक्रिया दिनुहोस्