Logo

एउटा फिल्मको कति पारिश्रमिक लिन्छन् अक्षय



बलिउड सुपरस्टार अक्षय कुमार धनी बलिउड सेलिब्रेटीमध्ये एक हुन् । १९८७ मा बालकलाकारको रुपमा अक्षयले फिल्म सुरुवात गरेका हुन् । १९९१ फिल्म सौगन्धबाट लिड रोलमा डेब्यू गरेका थिए । उनले बलिउड बक्सअफिसमा निकै हिट फिल्महरु दिइसकेका छन् । अक्षय अझै बलिउड फिल्ममा सक्रिय छन् ।

रञ्जीत तिवारी निर्देशित फिल्ममा अक्षयले पारिश्रमिक स्वरुप सय करोड मागेको चर्चा छ । एकपछि अर्काे गर्दै अक्षयले ब्लकबस्टर फिल्म दिइरहेका छन् । यस कारण पनि फिल्ममेकरलाई सय करोड पारिश्रमिक तिर्न आपत्ति नभएको जनाएका छन् ।

यस फिल्मबाट अक्षय कुमार र वासु भगनानीबीच एकपटक फेरि सहकार्य हुने भएको छ । । अक्षय र वासुबीच यसअघि ‘एयरलिफ्ट’ मा सहकार्य भएको थियो । सत्य घटनामा आधारित फिल्ममा एक हार्ड कोर एक्सन ड्रामामा निर्माण हुने जनाइएको छ । यो फिल्मको अधिकांश छायांकन लण्डनमा हुनेछ ।

अक्षय अहिलेको सबैभन्दा व्यस्त र महंगा सेलिब्रेटी हुन् । अक्षयले वासुको फिल्म गर्न सय करोड पारिश्रमिक लिने कुरामा कुनै प्रतिक्रिया दिएका छैनन् । हाल उनी अभिनीत फिल्म “हाउसफुल ४” ले बक्सअफिसमा सय करोडभन्दा बढी कमाइसकेको छ । यो भन्दा अगाडि अक्षय अभिनीत फिल्म “मिसन मंगल” ले पनि दुई सय करोड भन्दा बढी कमाएको थियो । इदमा अक्षयको अर्काे नयाँ फिल्म “लक्ष्मी बम्ब” रिलिज हुँदैछ ।File Photo



प्रतिक्रिया दिनुहोस्