काठमाडौं, कार्तिक २३ । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् ।
टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’
एक्कासी गड्ङग आवाज आयो । सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना आएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो ।आजको राजधानी दैनिकमा खवर छ ।