Logo

गोठालोको भरमा नेपाली भूमिको सुरक्षा



पाँचथर, कार्तिक २४ । चर्चित पर्यटकीय गन्तव्य सन्दकपुरमा भ्यु प्वाइन्ट, सडकको स्तरोन्नतिलगायत काम गर्न भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध ग(यो। इलाममा पर्ने दृश्यावलोकन गर्ने मुख्य ठाउँमा भारतीय सुरक्षा बलले अवरोध गरेको थियो।

त्यतिमात्र होइन सीमाक्षेत्र वरपर नेपाली क्षेत्रमा गरिने निर्माणको काममा पनि एसएसबीले अवरोध गरिरहेको छ। सीमाक्षेत्रमा पर्ने इलाम र पाँचथरका विभिन्न ठाउँमा निर्माण सामग्री ल्याउन एसएसबीले अवरोध गरेका छन्। सीमाक्षेत्रमा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

आहाल भन्ने ठाउँमा बनाइने भनिएको सरकारी गेस्ट–हाउसमा पनि अवरोध भएको छ। निर्माण सामग्रीमा पछिल्लो पल्ट अवरोध भएपछि सास्ती खेप्नुपरेको छ। विगतमा यस्तो अवरोध थिएन। भारतीय पक्षले दशगजा क्षेत्रमा नै सडकलगायत पूर्वाधार बनाए पनि नेपालतर्फ भने अवरोध गरिरहेको छ। पाँचथर जिल्लाले छुने भारतीय सीमाक्षेत्रमा नेपालतर्फ सरकारी उपस्थिति छैन।

निगरानी शून्य अवस्थामा रहेको सीमाक्षेत्रमा भारतीय गाडीहरू निर्बाध कुदिरहेका हुन्छन्। नेपालतर्फ सरकारी संरक्षणको हुनुको साटो बर्से्नि उजाडिँदै गइरहेको अवस्था छ। जिल्लाको सन्दकपुरदेखि तिम्बुपोखरी छेउसम्मको ४५ किलोमिटर लामो सीमाक्षेत्रमा भारतले आफ्नो भूगोल संरक्षित गरेको छ भने नेपालतर्फ भने सरकारी उपस्थिति शून्य छ।

सुरक्षा निकायको मात्र हैन स्थानीय सरकार, वनलगायत निकायको समेत उपस्थिति छैन। च्याङ्थापुमा रहेको सीमा प्रशासन कार्यालयबाट सिमानासम्म पुग्न गाडीमा नै पाँच घण्टाभन्दा बढी समय लाग्छ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्