काठमाडौं, कार्तिक २४ । यो बर्षकी मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले प्रकानमन्त्री केपी शर्मा आलीसंग शनिबार भेटगरेकी छन् । नेपालको प्रतिनिधित्व गर्दे मिस वल्डमा भाग लिन बेलायत जानु भन्दा एक साता अगाडी उनले प्रधानमन्त्री ओलीसंग भेट गरेकी हुन ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले मिस नेपाल अनुष्कालाई नेपालीले आत्म बल र आत्मविश्वासका साथ अगाडी बढेको खण्डमा संसारका कुनै पनि ठाँउमा गएर प्रतिस्पर्धामा जित्न सक्ने सल्लाह दिए । मिस वल्र्डमा पूर्ण विश्वासका साथ अगाडि बढ्न प्रधानमन्त्रीले सल्लाह दिए ।
एक घण्टाको भेटमा प्रधामन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्दे गर्दा आफुलाई कति पनि कमजोर नठान्न मिस नेपाललाई आग्रह गरे ‘नेपालीहरु संसारका अन्य देशभन्दा कुनै पनि हिसाबले कमजोर छैनौ ।’ तर, ‘उच्च मनोबल र आत्मविश्वासका साथ अगाडी बढेमा भने नेपालीहरु सधै सफलताको शिखरमा पुगिनेछ ।’ प्रधानमन्त्री ओलीले मिस नेपाललाई हौसला दिदै भने ।
मिस नेपाल अनुष्काले प्रधानमन्त्रीसंगको भेट अत्यन्तै उपलब्धिमुलक रहेको बताइन । प्रधानमन्त्रीलाई भेट्दा नेपालीहुनुको गर्व महशुुस भएको उनको भनाई रहेको छ । ‘प्रधानमन्त्रीले नेपाली युवा वर्गबाट निकै अपेक्षा गर्नु भएको छ ।
’युवासंग ठूलो आशा र विश्वास राख्नु भएको छ ।’ प्रधानमन्त्रीसंगको भेटपछि उनले आफ्नो प्रतिक्रिया जनाइन । प्रधानमन्त्रीसंगको भेटले उर्जा मिलेको र आत्मविश्वास बढको उनको भनाई रहेको छ । नेपालको प्रतिनिधित्व गर्दे अनुष्का यही कार्तिक ३१ मा मिस वल्र्डमा भागलिन बेलायत जादै छिन । राजधानी दैनिकले खवर लेखेको छ ।