Logo

पिएसजीद्वारा ब्रेष्ट पराजित, ईकार्डीको गोल निर्णायक



पेरिस, २४ कात्तिक । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ब्रेस्टलाई पराजित गरेको छ। आफ्नो स्टार खेलाडी नेइमारबिना मैदानमा उत्रिएको पिएसजीले शनिबार भएको फ्रेन्च लिग वान अन्तरगतको खेलमा पिएसजी ब्रेष्टलाई २–१ ले पराजित गरेको हो । पिएसजीको जितमा माउरो इकार्डीको गोल महत्वपूर्ण रह्‍यो।

आइकार्डीले खेलको ८५ औं मिनेटमा गोल गर्नु अघि खेल १–१ को बराबरीमा थियो। यस खेलमा पहिलो अग्रता भने खेलको ३९ औं मिनेटमा डि मारियाको गोलमा पिएसजीले लिएको थियो र उसको सो अग्रतालाई खेलको ७२ औं मिनेटमा ब्रेस्टले बराबरी गरेको थियो। उसका लागि सो गोल ग्राण्डसरले गरेका थिए। जितपछि १३ खेलबाट ३० अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायमै रहेको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्