काठमाडौं, कार्तिक २५ । मुलुकको कुल जनसंख्याको करिब दुई प्रतिशत झापा जिल्लामा छन्, तर झापाका केपी ओली दोस्रोपटक प्रधानमन्त्री बनेपछियताका २१ महिनाका उच्चस्तरीय राजनीतिक नियुक्ति केलाउने हो भने झापालीले करिब एक चौथाई स्थान ओगटेका छन् ।
तथ्याङगत रुपमै हेर्ने हो भने पनि नियक्तिको २२ दशमलव चार प्रतिशत हिस्सा झापालीको छ । प्रधानमन्त्री ७७ वटै जिल्लाका हुन कि झापाका मात्रै हुन भन्ने प्रश्न उठ्ने गरी ओलीले राजनीतिक नियुत्तिमा झापालीकरण गरेका छन् । यो अवधिमा राजनीतिक नियुक्ति पाउने झापालीमध्ये धेरैजसो प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका मतदाता छनु् ।
त्यसमा पनि राजनीतिक नियुक्तिको सुविधा पाउने अधिकांश झापाको दमद र गौरादहवासी देखिएका छन् । मुलुकमा पाँडे तथा थापाहरुले रजाँई गर्दाको बेला तथा राणा शासनको बेलामा बाहेक राजनीतिक नियुत्तिमा यो ढंगको पजनी नभएको अध्येताहरु बताँउन्छन ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको घर झापाको दमक हो । दमक र गौरादह नगरपालिका तथा कमल र गैरीगञ्ज गाँउपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ । अहिलेसम्म पाँडे पजनी भन्ने उखान छ ।
पाँडे पजनीको उखान अब ओली पजनीमा देखिएको छ । ओली पजनी पाउनेमा अर्थमन्त्री डा युवराज खतिवडा गौरादह नगरपालिका ९ बैगुनधुराका हुन । आजको राष्ट्रिय साप्ताहिक तरुणले खवर छापेको छ ।