Logo

नेकपा सचिवालय बैठक सुरु



काठमाडौं, कार्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकले पार्टी एकताका बाँकी कामहरु पुरा गर्ने अपेक्षा गरिएको छ।

नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। पार्टीका अन्य विभागमा पनि सदस्य चयन हुन बाँकी छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको थियो।



प्रतिक्रिया दिनुहोस्