Logo

लता मंगेशकर ‘आईसीयू’ मा



एजेन्सी । भारतीय गायिका लता मंगेशकर स्वास्थमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएकी छन् । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच केन्डी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्ययहरुले जनाएका छन् ।

स्वास्थ अवस्थामा क्रमिक सुधार आउदै गरेको जनाइएपनि अझै आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । कैयौं नेपाली गीतमा समेत स्वर दिएकी लता भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित भईसकेकी छन् ।



प्रतिक्रिया दिनुहोस्