काठमाडौं,कार्तिक २८ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटकबोलपत्र आह्वान गरेको छ ।
निगमले हाल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो ।
निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ ।यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो ।
यसअधि गरिएका दुबै बोलपत्रबाट निगमले खोजको मूल्य नपाएपछि तेस्रोपटक ठेक्का खुला गरेको नागरिक दैनिकमा खवर छ ।