उनको जन्मदिन बिहिबार थियो । विद्यालयमा पुगेर गोली प्रहार गरे । १६ सेकेन्डमा पाँच जनामाथि गोली प्रहार गरी आफैमाथि गोली हाने ।
यो घटना अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको सौगुस हाइस्कुलको हो जहाँ किशोरले उक्त घटना घटाए । घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् । गोली प्रहार गर्ने किशोरको अवस्था गम्भीर रहेको जनाइएको छ । ती किशोर नाथानिल बेरहो रहेको अनुमान गरिएको छ ।
गोलीकाण्डपछि प्रहरीले उक्त स्थानमा कडा सुरक्षा दिएको छ । अभिभावकहरु विद्यालयमा पुगेर आफ्ना छोराछोरीको स्थिति बुझ्न पुगेका छन् । –एजेन्सी Photo Source: UStoday