१२औँ शताब्दीको अन्त्यतिर १२ सय भन्दा बढी कालिगढद्धारा निर्मित अद्भुत सुर्य मन्दिर भारतको पुर्वी क्षेत्रको उडिसा राज्यमा अवस्थित रहेको छ । जसलाई कोर्णाक मन्दिर भनेर चिनिन्छ ।
भगवान सूर्यको प्रतीकको रुपमा पूजा गरिने त्यो मन्दिर विश्व सम्पदा सूचीमा समावेश भएको छ । सूर्यबाट लिएको यसको अर्थ कुना हो । त्यो भारतको एक मात्र सुर्य मन्दिर हो । त्यहा पुजा गरिने चुंकी सूर्य आफँै साक्षात देवता हुन् । जसको पूजा गर्न लाखाँै दर्शनार्थी पुग्दछन् ।
किंवदन्तीअनुसार सूर्य मन्दिरको शिखरमा ५२ टन चुम्वकिय पदार्थ प्रयोग गरिएको छ । जसको कारण समुद्रमा आउने कठोर परिस्थितीको सामना गर्न सकिन्थ्यो । प्राचिन समयमा चुम्वकिय शक्तिले मन्दिरका मुर्तिहरू हावामा तैरिने गर्दथ्यो । सोही समयमा चुम्बकको आकर्षक शक्तिले गर्दा सामुद्रिक जहाज मन्दिर तर्फ खिचिन्थे र मन्दिरको भौतिक सम्पत्तिमा क्षति पुग्दथ्यो ।
त्यसपछि अंग्रेजहरूले मन्दिरमा जडित बहुमुल्य धातुका सामानहरू लिएर जान्थे । धातुहरुबाट निर्मित उक्त मन्दिर धातुहरू निकालिएपछि असन्तुलित भई भत्किन पुग्यो । मन्दिरको निर्माण प्राचिन राजा नरसिंहदेवाले गराएका थिए । १२आँै शताव्दीको अन्त्यमा निर्मित मन्दिरको निर्माण कार्य सम्पन्न हुन १२ वर्ष लागेको थियो ।
मन्दिरमा भगवान सुर्यको तीनवटा प्रतिमा रहेका छन् । वाल्यावस्थाका सुर्य उदितको उचाइ ३ फिट छ, युवाअस्थाका मध्याह्न सूर्यको उचाइ ९.५ फिट छ भने तेस्रो प्रौढ अवस्थामा सुर्यको उचाइ ३.५ फिटको रहेको छ ।
सूर्यको रथजस्तो कल्पना गरी बनाइएको यस मन्दिरको रथमा १२ जोडी विशाल प्रांग्रा जडान गरिएको छ । जसमा सात वटा घोडाले तानेको छ । १२ जोडि पांग्राले २४ घण्टा जनाउछ भने सात वटा घोडाले सप्ताहको संकेत गर्दछ । १२ जोडि पांग्राले १२ महिनाको संकेत गर्ने धार्मिक मान्यता रहिआएको छ । ढुंगाद्वारा निर्मित मन्दिरमा विभिन्न घटनाक्रमसँगै अन्य मुर्ति कुदिएका छन् ।
कालो रंगको उक्त मन्दिरलाइ ब्ल्याक प्यागोडा पनि भनिन्छ । मन्दिरको कहानी भगवान श्रीकृष्णको नामबाट जानिन्छ । स्थानीयले यसलाइ विरंची नारायण भनेर चिन्दछन् । विशाल क्षेत्र, वास्तु कला र मुर्तिकला नै मन्दिरको मुख्य विशेषता हो ।
-धार्मिक ग्रन्थको सहयोगमा