काठमाडौं, मंसिर १ । मकवानपुरमा अवस्थित सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्बरुपैयाँ लागत पर्ने देखिएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले गरेको पूर्वसम्भाव्यता अध्ययनले सिस्नेरी खानेपानी आयोजनाको काम सम्पन्न गर्न करिब २६ अर्ब लगानी आवश्यक पर्ने देखाएको हो ।
बोर्डले ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति सहज गर्ने उद्देश्यलेमकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।
भ्याली बोर्डका कार्यकारी निर्देशक डा। संजीवविक्रम राणाले प्रारम्भिक अध्ययन अनुसार सिस्नेरी खोला खानेपानी आयोजना सम्पन्न गर्नका लागि करिब २६ अर्ब लागत लाग्ने जानकारी गराएकाछन् ।
“‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भइरहेको छ,”उनले भने, “यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।” कारोबार दैनिकमा खवर छ ।