Logo

प्रधानमन्त्रीको निर्देशन भएन कार्यान्वयन



दमक, मंसिर १ । झापाको प्रमुख बजार बिर्तामोडबाट भद्रपुर जाने सडक निर्माण सक्न दुई महिना बाँकी छ। बिर्तामोड–भद्रपुर चार किलोमिटर सडक चार लेनको बनाउन सुरु गरेको १४ महिना बित्यो। झापा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समयमा सो सडक निर्माणको काम समयमा सक्न सम्बद्ध पक्षहरूलाई निर्देशन दिएका थिए। तर निर्माणको काम अहिलेसम्म २५ प्रतिशत पनि सकिएको छैन।

सडक निमयमा नभएकाले भदौ ५ गते सडक बनाउने क्रममा खनेर अलपत्र छोडिएको नालामा डुबेर बिर्तामोड–१० की ६७ वर्षीय सुमित्रा राईको मृत्यु भयो। बिर्तामोड–भद्रपुर सडक निर्माणमा सरोकारवालालाई दबाब दिन स्थानीयले सडकमै धानसमेत रोपे।

निर्माणाधीन सो सडकको सवालमा बिर्तामोड उद्योग वाणिज्य संघको संयोेजनमा सडकमा आन्दोलन पनि भयो। तर अहिलेसम्म सडक निर्माणले गति लिन सकेको छैन। असोज महिनाभित्र सक्नुपर्ने सडक निर्माणको म्याद थपेर पुस मसान्तसम्म पु(याइएको छ।

बिर्तामोड–भद्रपुर सडकको कार्ययोजना स्थानीय उपभोक्तालाई उपलब्ध गराउन पनि सडक डिभिजन कार्यालय र ठेकेदारले आनाकानी गर्ने गरेका छन्।

सडक निर्माणमा दबाब दिनेमध्येका एक सन्तोष अग्रवालले भनें, ‘सडकको यो दुरावस्था छ, हरेक दिन धुलो खाएर बस्नुपरेको छ, न व्यापार हुन्छ न त सडक नै बन्छ।’ उनका अनुसार सडक निर्माणको गति सुस्त हुँदा बटुवादेखि व्यवसायीसम्म सबैजना आजित छन्। आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्