Logo

स्तंभेश्वर महादेव मन्दिरमा समुन्द्रले गर्छ जलाभिषेक



गुजरातको भरुच जिल्लाको सम्बूसर तहसीलमा कावी कम्बोई नाम गरेको एउटा गाउँ रहेको छ । समुद्रको किनारामा अवस्थित त्यस गाउँमा स्तंभेश्वर महादेवको प्राचीन मन्दिर छ । भगवान शिवको मन्दिरको खोज १५० वर्ष पहिले भएको थियो । प्राचीन मन्दिरको विशेषता यसको अरब सागरको मध्य कैम्बे तटमा स्थित हुनु हो ।

मन्दिरको शिव लिंगको दर्शन नदीको ज्वार भाटा कम भएकोसमयमा नै हुन्छ किनकि ठूलो र तेजले आएको ज्वार भाटाको समय समुद्रमा विलीन हुन्छ । त्यस समुद्र तटमा दिनमा दुई पल्ट ज्वार(भाटा आउँछ । जब ज्वार आउँछ तब समुद्रको पानी मन्दिरको भित्रसम्म पुग्छ । त्यस प्रकार दिनमा दुई पल्ट शिवलिंगको जलाभिषेक गरी फर्कन्छ ।लोक मान्यताको अनुसार स्तंभेश्वर महादेवको मन्दिरमा स्वयं शिवशंभु विराजमान हुने गर्दछन् । तेसैले समुन्द्र देवता स्वयं उहाँको जलाभिषेक गर्छ । ज्वार भाटाको समय शिवलिंग पूर्ण रुपले जलमग्न हुन्छ र यो परम्परा सदियौं देखि चल्दै आएको मान्यता छ । त्यहाँ स्थित शिवलिंगको आकार ४ फुट अग्लो र दुई फुट गोलो छ ।

प्राचीन मन्दिरको पछाडी अरब सागरको सुन्दर दृश्य देखिन्छ । त्यहाँ आउने श्रद्धालुहरुको लागि विशेष किसिमले पर्चा बाडिन्छ । जसमा ज्वारभाटा आउने समय लेखिएको हुन्छ । यस्तो यसकारणले गरिन्छ ताकि त्यहाँ आउने श्रद्धालुहरुलाई कुनै पनि प्रकारबाट समस्याको सामना गर्नुनपरोस् ।
पौराणिक कथा अनुसार राक्षस तारकासुरले भगवान शिवको कठोर तपस्या गरेको थियो । एक दिन शिव प्रशन्न भएर बरदान माग्न भने र तारकासुरले शिवको पुत्रबाट मर्न पाउ त्यो पनि ६ दिन आयु भएको होस् भनी बरदान माग्यो । शिवले बरदान दिए । बरदान पश्चात तारकासुरले तीनै लोकमा हाहाकार मच्चायो । उससँग डराएर सबै देवताहरु शिव भएको ठाउँमा गए ।

देवताको आग्रह अनुसार शिवले त्यही समय आफ्नो शक्तिले श्वेतपर्वत कुण्डबाट ६ वटा टाउको, चार वटा आँखा र बाह्र वटा हात भएको एउटा पुत्र उत्पन्न गरे । जसको नाम कार्तिके थियो । त्यसपछि ६ दिनको उमेरमा कार्तिकेले तारकासुरको बध गरे । तारकासुर भगवान शिवको भक्त भएको कार्तिकेले थाहा पाए । त्यसपछि भगवान विष्णुले त्यस ठाउँमा एक शिवलङ्गिको स्थापना गर यसले उसको मन शान्त हुने कुरा कार्तिकेलाई सुनाए । त्यसपछि सबै भगवान मिलेर सागरसम्गम तेजमा विश्वनन्द स्कन्दको स्थापना गरे । जसलाई आज स्तंभेश्वर महादेव भनेर चिनिन्छ ।

शांत र आध्यात्मिक वातावरण पश्चिम भागमा स्थापित स्तम्भमा भगवान शंकर स्वयं विराजमान हुनुभयो । तब देखि यस तीर्थलाई स्तंभेश्वर भनियो । त्यहाँ महिसागर नदीको सागरमा संगम हुन्छ । स्तंभेश्वरको मुख्य मन्दिरको नजिक्क नै भगवान शिवको एउटा अर्को मन्दिर छ । त्यहाँ सानो आश्रम पनि छ जो समुद्रको सतह देखि
५०० मीटरको उचाईमा अवस्थित छ । त्यहाँ श्रद्धालुहरुको लागि सबै किसिमको सुबिधाहरु उपलब्ध छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्