ललितपुर, मंसिर २ । एक जनाले एउटाभन्दा बढी परिचयपत्र बोक्नु नपरोस् भनेर गत असारदेखि राष्ट्रिय परिचयपत्र बायोमेट्रिक पहिचान वितरण सुरु गरिएको थियो।
परिचयपत्र वितरण सुरु भएको ५ महिना भए पनि ललितपुरमा परिचयपत्र लिनेको संख्या न्यून छ। जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यालय राखेर परिचयपत्र बाँड्ने सुरु गरिएको हो। तर कार्यालयसँग जोडिएका वडा नम्बर ४ र ५ का एक जना पनि परिचयपत्र बनाउन नआएको गुनासो कर्मचारीले गरेका छन्।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालका अनुसार हालसम्म पटक पटक सूचना जारी गर्दा पनि स्थानीयहरू परिचयपत्र बनाउन नआएको बताए।
‘खै किन हो, कसैमा उत्सुकता देखिएन,’ भुषालले भने, ‘सरकारले राष्ट्रिय परिचयपत्रको महत्व के हो बुझाउन नसकेको जस्तो छ।’ उनले विशेष गरी वडा नम्बर ४ र ५ का बासिन्दा नआएको बताए।त्यहाँ कार्यरत कर्मचारी परिचय पत्र बनाउन कोहि नआएपछि र्फर्स्दिला बनेको छन ।अन्नपूर्ण पोस्टमा खवर छ ।