शान्तनुको सत्यवतीसँग विवाह भएपछि सत्यवतीका दुई छोरा भए । चित्रांगद र विचित्रवीर्य । चित्रांगद र विचित्रवीर्यको बाल्यावस्थामा नै उनका पिताको स्वर्गवास भयो । त्यसकारण उनीहरुको पालन पोषण भीष्मले गरे । चित्रांगद युवावस्था भएपछि भीष्मले उनलाई राजगद्दीमा बसाए । किनकि केही समयमा गन्धर्वोंसँग युद्ध गर्दै गर्दा चित्रांगदको मृत्यु भयो । तब भीष्मले अनुज विचित्रवीर्यको राज्य सिंहासन सुम्पिए । विचित्रवीर्यको राज्य सुम्पिए पश्चात् भीष्मलाई उनको विवाहको चिन्ता हुन थाल्यो ।
त्यही दिन काशीराजका तीन कन्या अम्बा, अम्बिका र अम्बालिकाको स्वयंवरको आयोजन थियोे । भीष्मले स्वयंवरमा गएर एक्लै सबै राजाहरुलाई हराए । त्यसपछि अम्बा, अम्बिका र अम्बालिकालाई अपहरण गरेर हस्तिनापुर लिएर गए । अम्बाले भिष्मलाई मैले मेरो तन मन राजा शाल्वलाई अर्पित गरेको कुरा वताइन् । त्यसपछि भीष्मले अम्बालाई राजा शाल्व भएको ठाउँमा पठाएदिए र अम्बिका र अम्बालिकाको विवाह विचित्रवीर्यसँग गराए ।
राजा शाल्वले अम्बालाई अस्वीकार गरेपछि उनी हस्तिनापुर फर्किन् । “हे आर्य! तिमीले मलाई अपहरण गरेर ल्याएका हौँ, अब तिमी नै मसँग विवाह गर अम्बाले भनिन् । तर भीष्मले आफ्नो प्रतिज्ञाको कारण उनको अनुरोध स्वीकार गरेन् । त्यसपछि अम्बा रिसाएर परशुराम कहाँ पुगिन् र आफ्नो व्यथा सुनाइन् र सहायताको अपेक्षा गरिन् ।
पशुरामले अम्बालाई भने“हे देवि! तिमी चिन्ता नगर म तिम्रो विवाह भीष्मसँग गराउँछु । पशुरामले भीष्मलाई बोलाउन पठाए तर भीष्म आएनन् । पशुराम रिसाएर भीष्म भएको ठाउँमा पुग्छन् । दुवैको वीचमा युद्ध हुन्छ तर उनीहरु अभूतपूर्व योद्धा भएका कारण दुवै जनाको हारजीत हुन सक्दैन । युद्धलाई देवताहरुले बन्द गराए । त्यसपछि अम्बा निराश भएर तपस्या गर्न बनमा जान्छिन् ।
विचित्रवीर्य आफ्नी दुई रानीका साथमा भोग विलासमा लाग्छन् । तर दुवै रानीबाट उनका कुनै सन्तानको जन्म हुन सकेन र उनको क्षय रोगका कारण मृत्यु भयो ।
कुल नाश हुने भएपछि माता सत्यवतीले भीष्मसँग भनिन् “पुत्र! वंशको नष्ट हुनबाट बचाउनका लागि तिमी यी दुई रानीहरुबाट छोरा जन्माउ । माताको कुरा सुनेर भीष्मले भने “माता! म आफ्नो प्रतिज्ञा कुनै पनि अवस्थामा भंग गर्न सक्दिन ।
यस्तो कुरा सुनेर माता सत्यवती अत्यन्त दुखित भइन् । अचानक उनले आफ्नो छोरा वेदव्यासलाई सम्झिन पुगिन् र तुरुन्त बेदव्यास त्यहाँ उपस्थित भए । सत्यवती उनलाई भन्न थालिन् “हे पुत्र! तिम्रा सबै भाई निःसन्तान भएर नै स्वर्गवास भए । वंशको नाश हुनबाट बचाउनका लागि उनका पत्नीबाट सन्तान जन्माउन आज्ञा दिन्छिन् ।
वेदव्यासले आमाको आज्ञाको पालना गर्दे भने “माता! तिमी दुवै रानीलाई भन्नु एक वर्षसम्म नियमित व्रतको पालना गर्नुु त्यसपछि उनीहरुको गर्भधारण हुनेछ । एक वर्ष पूरा भएपछि वेदव्यास सबैभन्दा पहिले ठूली रानी अम्बिका भएको ठाउँमा गए । अम्बिका वेदव्यासको शक्तिबाट डराएर आफ्नो आँखा बन्द गर्छिन् । वेदव्यासले आमासँग भने “माता अम्बिकाको धेरै तेजस्वी पुत्र हुनेछ किनकि आँखा बन्द गरेको दोषका कारण उ अन्धो हुन्छ । सत्यवती यस्तो कुरा सुनेर अत्यन्त दुखित भइन् र उनले वेदव्यासलाई कान्छी रानी अम्बालिका कहाँ पठाइन् ।
अम्बालिकाले वेदव्यासलाई देखेर पहेँलो भइन् । उनको कक्षबाट फर्केपछि वेदव्यासले सत्यवतीलाई भने “माता! अम्बालिकाको गर्भबाट पाण्डु रोगबाट ग्रसित पुत्रको जन्म हुनेछ ।” यस कुराले माता सत्यवती अरु दुखित भइन् र उनले रानी अम्बालिकालाई वेदव्यासको कक्षमा जान आदेश दिइन् । तर, यो पटक बड़ी रानीले आफ्नी नोकर्नीलाई वेदव्यास भएको ठाउँमा पठाइन् । यो पटक वेदव्यासले माता सत्यवतीलाई भने “माते! नोकर्नीको गर्भबाट वेद वेदान्तमा अत्यन्त नीतिवान पुत्रको जन्म हुनेछ ।” यति भनेर वेदव्यास तपस्या गर्न गए ।
समय पूरा भएपछि अम्बिकाको गर्भबाट धृतराष्ट्र, अम्बालिकाको गर्भबाट पाण्डु रोगबाटग्रसित पाण्डु तथा नोकर्नीको गर्भबाट धर्मात्मा विदुरको जन्म भयो ।
-धार्मिक ग्रन्थको सहयोगमा