काठमाडौं, मंसिर ९ । इराकको बग्दादस्थित एक अस्पतालमा २४ वर्षीया सविना राईको शव राखेको करिब डेढ वर्ष भइसक्यो । ०७५ असारतिर संखुवासभा दिदिङकी सविना मानव तस्करको फन्दामा परेर बग्दाद पुगेकी थिइन् ।
उनी ०७५ साउन ३ मा काम गरिरहेकै घरको सिलिङमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । घरेलु कामदारको हैसियतमा काम गरिरहेकी उनको मृत्युलाई आत्महत्या मान्न आफन्त तयार छैनन् । नेपाल सरकारले चासो नदिँदा अहिलेसम्म न उनको मृत्युको कारण पुष्टि हुन सकेको छ न शव ल्याउन सकिएको छ । कान्तीपुर दैनिकबाट