Logo

यस्तो बन्यो दशरथ रङ्गशाला, फुटबल टोली पसे



काठमाडौं, १० मंसिर । महाभूकम्पले क्षतिग्रस्त दशरथ रङ्गशालाको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । रङ्गशालाको भीआइपीतर्फ केही भागमा छानो हाल्नमात्र बाँकी छ ।

रङ्गशालाको काम पूरा नहुँदै नेपाली फुटबल टोली अभ्यासका लागि पुगेको छ । रङ्गशाला समयमै नबन्दा र देशभित्र अन्य मैदान अन्तर्राष्ट्रिय मापदण्डको नहुँदा नेपालले घरेलु मैदानमा खेल्न पाउने कुवेतविरुद्धको म्याच तटस्थ भूमी भुटानमा खेल्नुपर्यो ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षति पुगेको रङ्गशालामा साँढे चार वर्षपछि प्रवेश गर्न पाउँदा फुटबल खेलाडीहरु हर्षित थिए । राजधानी उपत्यकामा रहेको एकमात्र रङ्गशालाको विकल्प नहुँदाको पीडा खेलाडीले भोगिरहेका छन् । नियमित अभ्यास पनि राम्ररी गर्न पाएका छैनन् ।

खेल शुरु हुन केही दिन मात्र बाँकी रहँदा रङ्गशालामा अभ्यास खेल्न पाउनु खेलाडीका लागि खुशीको कुरा बन्यो । घरेलु मैदानमा देशलाई पदक दिलाउने उद्देश्यका साथ खेलाडीहरु मैदानमा उत्रने आशा गरिएको छ । Photo Source: FB



प्रतिक्रिया दिनुहोस्