काठमाडौं, मंसिर १० । चाँडै पाक्ने र धेरै फल्ने आशामा भारतबाट आयातित एउटा हाइब्रिड जातको धान रोपेका किसानहरूको २३ करोड रुपैयाँ बराबर क्षति भएको पाइएको छ ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुखको संयोजकत्वमा गठित क्षतिपूर्ति मूल्यांकन समितिले उत्पादन लागत र परिमाणका आधारमा क्षति रकम मूल्यांकन गरेको हो ।
गरिमा जातको धान भनेर लगाएको बीउ नक्कली परेर धान नफलेपछि १३ जिल्लाका सात हजार किसान परिवार पीडित बनेका थिए । अब, सरकारले समितिको सिफारिसका आधारमा ती किसानलाई अविलम्ब क्षतिपूर्ति दिनेरदिलाउने गर्नुपर्छ ।
साथै, आगामी दिनमा किसानहरू यसरी नक्कली बीउमा नठगिऊन् भनेर सावधानीका उपायहरू अपनाउने व्यवस्था पनि मिलाउनुपर्छ ।कान्तीपुर दैनिकबाट