काठमाडौं, ११ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा पदक विजेता खेलाडीलाई नेपाल सरकारले उचित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले मंगलबार आयोजना गरेको साग खेलाडी सम्बोधन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। युवराज खतिवडाले सागमा पदक विजेता खेलाडीलाई पहिलेभन्दा सम्मानजनक पुरस्कार प्रदान गरिने बताए ।
‘पदक विजेताको हकमा युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्मार्फत कार्यान्वयन गर्न हामी तयार छौं । पदक जित्नेलाई यसअघिको भन्दा विशेष पुरस्कार प्रदान गरिनेछ,’ अर्थमन्त्री खतिवडाले भने । खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भनिए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा एक्कासी समस्या आएका कारण अर्थमन्त्रीले सम्बोधन गरेका थिए । सरकारले यसअघि भारतमा सम्पन्न १२औं सागमा स्वर्ण विजेतालाई पाँच लाख, रजत विजेतालाई तीन लाख र कांस्य विजेतालाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । अर्थमन्त्री खतिवडाले खेलकुद अन्तर्राष्ट्रिय भाइचारा र कूटनीतिका लागि महत्वपूर्ण रहेको पनि बताए । ‘सार्क सम्मेलनसमेत हुन नसकेको समयमा नेपालले सातै राष्ट्र सहभागी गराएर साग खेलकुद गर्नु ठूलो कुरा हो ।
नेपाल भ्रमण वर्ष सन् २०२० अघि आयोजित सागलाई हामीले भ्रमण बर्षको पूर्वअभ्यासका रूपमा लिनुपर्छ,’ अर्थमन्त्री खतिवडाले भने । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सागमा सहभागी खेलाडीको एउटै ध्यान स्वर्ण पदकमा हुनुपर्ने बताए । मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा २६ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् ।
अन्नपूर्ण पोष्ट्बाट