काठमाडौं, ११ मंसिर । नेपाल र इजरायलका सैनिकबीच प्रतिआतंकवाद सम्बन्धित तालिम भएको छ । दुवै देशका सैनिकबीच युद्धभैरव बटालियन मुख्यालयमा तालिम भएको हो ।
८-११ मंसिर गरी चार दिनसम्म भएको तालिममा दुवै देशका सैनिकहरु सहभागी थिए । प्रतिआतंकवाद र अपहरणविरुद्धको तालिमको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले नीरिक्षण गरेका थिए । नीरिक्षणका लागि नेपालका लागि इजरायलका राजदूत बेनी ओमर पनि तालिमस्थल पुगेका थिए ।
Photo Source: Nepal Army