Logo

पुटिनले नेपाल भ्रमण गर्नेमा सरकार ढुक्क



काठमाडौं, १२ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकारले कुटनीतिक पहललाई अझ गति दिएको छ । सरकारले भ्रमण हुने आशा समेत राखेको छ ।

‘पुटिनको नेपाल भ्रमणबारे हामी आशावादी छौं,’ सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, हामी नेपाललाइ अन्तर्राष्ट्रिय मञ्चमा देखिने र सुनिने बनाउनेछौं । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई देखिने र सुनिने बनाउनका लागि पनि रुसी राष्ट्रपति पुटिनलाई निमन्त्रणा दिइएको बताए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार रुस भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको रुसी राष्ट्रपतिलाई निमन्त्रणा हस्तान्तरण गरेका थिए । निमन्त्रणालाई देशभित्र र बाहिर समेत चासोका साथ हेरिएको छ ।

पुटिन यहाँ आएमा नेपाल भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति बन्नेछन् । रुसको नेपालमा सैन्य सामाग्रीमा विशेष चासो रहेको छ ।



प्रतिक्रिया दिनुहोस्