Logo

विवाहको लागि यस्तो परीक्षा उत्तीर्ण हुनैपर्ने



भनिन्छ- विवाह एउटा यस्तो लड्डु हो जसले खान्छ त्यो पनि पछुताउँछ, जसले खादैन ऊ पनि पछुताउँछ । विवाहबारे यस्तै सन्दर्भ मिल्छ इन्डोनेशियामा । त्यहाँ यी दुई विवाहको वारेमा पछिल्लो समय खुब चर्चा भइरहेको छ ।

त्यहाँको सरकारले विवाहको पूर्व तयारी कक्षा शुरु गर्दैछ । यो कोर्समा विवाह पछि जोडीमा आउने परिवर्तनको बारेमा शिक्षा दिइनेछ । कोर्समा स्वस्थ्यमा ध्यान, रोगसँग बच्ने र जन्माउने बच्चालाई कसरी बचाउने, बच्चा कसरी हुर्काउने भन्ने पनि सिकाइन्छ ताकी जोडीले सफल दाम्पत्य जीवन शुरु गर्न सकुन् । त्यस्तै गरी विवाहको लागी ठिक उमेर कुन हो सबै युवाहरुमा यो कोर्स शिक्षा पनि दिइन्छ । यस कोर्समा अनुत्तीर्ण हुनेलाई सरकारले विवाहको अधिकार दिदैन ।

यो कोर्स २०२० देखि शुरु हुनेछ । तीन महिनाको यस कक्षामा इन्डोनेसियाको सांस्कुतिक मन्त्रालयले धार्मिक र स्वास्थ्य विभागसँग मिलेर तयार गरेको हो । स्वास्थ्य विभागले पहिले पनि विवाहको लागी युवा युवतीलाई प्रशिक्षित गर्दै आएको थियो । अहिले फरक यति होकी अहिले पूरै देशमा यो नियम लागु गरेको छ ।

कोर्समा के छ
यो कोर्स एकदमै सजिलो छ यसमा भनिएको छ कोही जोडी यस कोर्समा फेल हुदा विवाहबाट वंचित हन्छन विवाहको लागी कत्तिको योग्य छन त अनि बुवा आमा बनिसकेपछि बच्चाको ख्याल गर्ने तरिका, विवाह र घर चलाउने कुरा फरक र धेरै ग्राहो कुरा पनि हो । यी सबै कुरा यहाँ बाट सिक्न सकिन्छ ।

मानिसहरु विवाहको लागी जिम्मेवार रहुन भन्नका लागी यो नियम लागु गरेको जनाइएको छ । हरेक युवा विवाह पछि पुरै जिम्वेवार हुनु पर्छ । यो तीन महिने कोर्समा घरपरिवार चलाउनको लागी आर्थीक पक्षको वारेमा पनि बताइन्छ । कोर्स पुरा गरेपछि सर्टिफिकेट दिइ सकेपछि विवाहको लागी सरकारले अधिकार दिइन्छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्