Logo

निर्यात व्यापारमा सुधार



काठमाडौं, मंसिर १४ । कुल व्यापारको तुलनामा निर्यातको अंश ज्यादै सानो भए पनि चालू आर्थिक वर्षको सुरुदेखि नै यसमा सुधार देखिएको छ।

अघिल्ला वर्षहरुमा आयात उच्चदरले बढ्दा पनि निर्यातको वृद्धिदर राम्रो हुन सकेको थिएन। यो वर्ष भने साउनदेखिनै निर्यातमा सुधार भइरहेको छ।

भन्सार विभागका अनुसार गत साउनदेखि नै निर्यात बढने र आयात घटने भइरहेको छ। साउनमा निर्यात २७।६८ प्रतिशतले बढ्दा आयात ११।५१ प्रतिशतले घटेको थियो। साउनको कुल व्यापार घाटा पनि गतवर्षको तुलनामा १३।९० प्रतिशतले कमी आएको थियो।

चालु आवको पहिलो महिनामा भएको सुधारको क्रम भदौमा पनि रोकिएन। भदौमा निर्यात २५।८७ प्रतिशतले बढेको थियो। आयात भने झिनो अंश १।२२ प्रतिशतले मात्र घटेको थियो। भदौको कुल व्यापार घाटामा अघिल्लो वर्षको भदौको तुलनामा ३।०५ प्रतिशतले कमी आएको थियो।

यस्तै असोज नेपालीका लागि चाडपर्वको महिना भए पनि यो बेला पनि आयात बढन सकेन। अघिल्लो वर्षसँग तुलना गर्दा असोजमा आयात १०।३४ प्रतिशतले घटन पुगेको छ। निर्यातको वृद्धिदर १४।४१ प्रतिशतले भएका कारण कुल व्यापार घाटामा १२।०२ प्रतिशतले कमी आएको छ।

चालु आवको पहिलो चार महिनालाई हेर्दा निर्यातमा सुधार भएका बेला आयातमा केही कमी आएकाले वर्षभर व्यापार घाटामा कमी आउने अनुमान गर्न सकिन्छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्