इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको म्यानचेष्टर सिटील्े न्युकासल युनाइटेडसँग बराबरी खेलेको छ । शनिबार भएको खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो ।
सिटीका लागि स्टरलिङले २२ औं मिनेटमा गंोल गरेका थिए । तर, त्यसको तीन मिनेटम विलेम्सले गोल गरी बराबरी गरे । दोस्रो हाफमा डि ब्रुनले गोल गरेको छ मिनेट नबित्दै सेल्भीले गोल गरेपछि सिटी बराबरीमा रोकियो ।
अंक बाँडेपछि सिटी र पहिलो स्थानमा रहेको लिभरपुलबीचको अंक दूरी बढेको छ ।