Logo

हलिउड नायक लियोनार्दोमाथि एमेजनको जङ्गलमा आगो लगाउन पैसा दिएको आरोप



ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले हउिलड नायक लियोनार्दो डिकाप्रियोमाथि एमेजनको जङ्गलमा आगो लगाउन पैसा दिएको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रपति भवनमा बोल्दै एमजेनको लागि भन्दै सक्रिय एनजीओहरुको आलोचना गरे जसमा हउिलड नायक डिकाप्रियोले पनि आर्थिक सहयोग गरेका छन् । तर, डिकाप्रियोले आरोपको खण्डन गरेका छन् ।

एमेजनको जङ्गलमा पछिल्लो समय निकै आगलागीको घटना भइरहँदा ब्राजिलका राष्ट्रपतिले गम्भीर आरोप लगाएका हुन् । डिकाप्रियोले एमेजनका लागि ५० लाख डलर दिएको बताए । तर, त्यो आगो लगाउन नभएको उनको तर्क थियो ।

एमेजन क्षेत्रमा एनजीओहरु सक्रिय रहेको र तिनीहरुलाई हलिउड नायकले पनि सहयोग पुर्याएका छन् । एनजीओको पैसा लिनका लागि आगलागी नियन्त्रणका लागि स्वयंसेवक बनेकाहरु नै आगो लगाउन सक्रिय भएको खुलेको थियो । चार जना स्वयंसेवक पक्राउ परेपछि उनीहरुले एनजीओमा सहयोग वृद्धिका लागि आगो लगाएको बताएका थिए ।

सँसारका विभिन्न संस्थाबाट एमेजनका नाममा पैसा प्राप्त गर्न एनजीओका मानिसहरु नै एमजेनमा आगो लगाउन सक्रिय भएको तथ्य खुलेपछि यसले नयाँ विवाद ल्याएको छ । एमेजन विश्वकै विशाल र महत्वपूर्ण जङ्गलमध्येको एक हो ।-एजेन्सीको सहयोगमा Photo Source: holywoodreporter



प्रतिक्रिया दिनुहोस्