दाङ, मंसिर १५ । घोराही उपमहानगरपालिका वडा १६ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गरेका छन् ।
उनले १२२२ मत प्राप्त गरे। उनका प्रतिद्वन्दि नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए। त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका थिए।
त्यस्तै गरि संघीय समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए। वडा नं १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए। जस मध्य ६८ मत बदर भएको थियो।