काठमाडौं, १५ मंसिर । राष्ट्रबादी नेपाल केन्द्र नेपाल जनताको घरघरमा भन्ने मुलभुत उद्देश्य राखी नुवाकोटको ओखरपौवा पुगेको छ । केन्द्रले यहाँको जनताको बिकासको लागि करिब १ खर्ब खर्च गरिन्छ , तर डम्पिङ साईड वरपरका जनताले शिक्षा, स्वास्थ्यमा लगानी छैन ,तर पैसा १ खर्ब कहाँ गयो,यस्ता समस्याहरुको आवाज उठाँउदै २०७३ बैशाख १५ गतेदेखि निरन्तर राष्टबादी केन्द्र नेपालले आफूहरुले जनताहरुको आवाजमा आवाज उठाँउदै संघर्ष गर्दै आईरहेको बताएको छ ।
आज जे जस्ता यहाँका बिचारहरु केन्द्रको जनतासामुको भेट हो, भन्ने बिषयलाई मध्यनजर गर्दै आएको केन्द्रका बुद्धिजीवी संघका अध्यक्ष भोला घिमिरेले प्रस्ट पारे। यसैगरी राष्टबादी केन्द्र तारकेश्वर न पा प्रमुख अर्जुन उप्रेतीले राईफल र बाईबलबाट देश जोगाउन नितान्त आबश्यक रहेको उल्लेख गरे ।
उक्त कार्यक्रममा राष्टबादी केन्द्र नेपाल सेन्टर नं २ का प्रमुख अनिल राना थारुको प्रमुख उपस्थिति रहेको थियो भने ९० बर्षिय सुनोराम तामाङको बिशेष अतिथी रहेको थियो । राष्टबादी केन्द्र नेपालका नारायण भन्डारीले नेताको घर धाउन नभैकन जनताको घर धाउन जनतासामु राष्टबादी केन्द्र आएको प्रस्ट पारे ।
त्यस्तै केन्द्रीय सदस्य हिमाल काजी कार्कीले नेपाली जनताको समस्याको निम्ति कुनै दलको झन्डा बोक्ने राष्टबादी हुनै नसक्ने दाबी गरे । उक्त कार्यक्रममा केन्दिय सदस्य भीम बिस्टले राहतको नाममा बाँड्ने धैरै भएको जिकिर गरे ।
उक्त राष्टबादी केन्द्र नेपाल नेताको घर होईन जनताको घरघरमा भनी बिषयमा ता न पा ४ नं वडा संयोजक रामकृष्ण रिजाल , ता न पा बिधार्थी नेता महेश चालिसे,ता न पा ३ नं वडा संथयजक गोर्ख को उपस्थिति रहेको केन्द्रका प्रचारप्रसार उज्जल धमलाले जानकारी दिए।
साथै राजधानी काठमाडौंबाट ओखर पौवा डम्पिङ साईडमा काम गर्ने टिपर मजदुरहरु तथा देउसी भैलो २०७६लाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण लाई केन्द्र ले कदरपत्रका साथ खादा ओढाएर सम्मान गरेपयछ, केन्द्र लाई आगामी केही महिनामै हुन लागेको बृहत कार्यक्रममा सहयोगी को भुमिका निर्बाह गर्न आफुहरु तयार रहेको पनि डम्पिङ साइड ईलाका वरपरका जनताहरुले राष्टबादी केन्द्र समक्ष बिश्वस्त दिलाए ।