उनी कारको अगाडि सिटमा छन् । गुप्तांगमा समातिरहेका छन् । स्कुल बाहिरको यो दृश्य अहिले संसारभरको चासोको विषय बनेको छ ।
यो ट्युनिशियाका नवनिर्वाचित सांसद जुहिर मकलुफलको तस्बिर हो । उनले हाइस्कुल बाहिर बसेर हस्तमैथुन गरेको भन्दै विरोध चर्केको छ । महिला अधिकारवादीहरुले यसलाई महिलामाथि हुनेगरेको यौन र्दुव्यवहारको उदाहरण भनेका छन् ।
सांसद जुहिरले अभियोग अस्वीकार गरेका छन् । आफू मधुमेहको रोगी भएकाले कारभित्रै पिसाब फेरेको दाबी गरेका छन् । तर, तस्बिर पिसाब फेर्न लागेको जस्तौ छैन ।
ट्युनिसयामा यो दृश्य बाहिर आएपछि मी टु जस्तै हस्तग इन्जेडा अभियान चलेको छ । महिलाहरुले आफूमाथि हुँदै आएको यौनहिंसाको विषय धमाधम बाहिर ल्याउन थालेका छन् ।-एजेन्सीको सहयोगमा Photo Source: mapaso.co.ke