काठमाडौं, १६ मंसिर । नेपाली खेलाडी चञ्चला दनुवारले कराँतेमा देशलाई रजत पदक दिलाएकी छिन् । उनले व्यक्तिगत कातातर्फ रजत पदक जितेकी हुन् ।
महिला कातातर्फको स्पर्धामा पाकिस्तानकी सहिदाले स्वर्ण जितेकी छिन् । फाइनलमा चञ्चलाले २४.६२ अंक हासिल गरिन् । पाकिस्तानकी सहिदाले २५.२८ अंक प्राप्त गरिन् ।
नेपालले कराँतेमा धेरै पदकको आशा राखेको छ । कराँतेको अन्य स्पर्धामा नेपालले धेरै स्वर्ण जित्ने सम्भावना रहेको छ । Photo: reportersnepal