काठमाडौं, १६ मंसिर । नेपालले कराँतेको टिम काँतामा स्वर्ण पदक जितेको छ । पुरुषतर्फको टिम काँतामा नेपालले श्रीलंकालाई पराजित गर्दै स्वर्ण जितेको हो ।
टिम काँतामा मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जनले स्वर्ण दिलाएका हुन् । नेपाली टोलीले २५.५४ अंक प्राप्त गर्दा श्रीलंकाले २५.२८ अंक प्राप्त गरेको हो । यस स्पर्धामा बंगलादेशले तेस्रो स्थान हासिल गर्यो ।
टिम काँतामा पनि पदक जितेर मन्डेकाजीले दुई स्वर्ण जितेका छन् । उनी कराँते इतिहासमै नायक सावित भएका छन् । Photo: reportersnepal