काठमाडौं, १६ मंसिर । नेपालले कराँतेमा अर्को स्वर्ण थपेको छ । ५४ केजी तौलभन्ता मुनीको स्पर्धामा लक्ष्मण तामाङले बँगलादेशका खेलाडी मोमुहमद मोस्तफालाई पराजित गर्दै स्वर्ण दिलाएका हुन् ।
सोमबार भएको प्रतिष्पर्धाको फाइनलमा तामाङले मोस्तफालाई १० ले पराजित गरेका हुन् । कुमितेतर्फ नेपालले स्वर्ण जितेसँगै स्वर्ण संख्या सात पुर्याएको छ । Photo: reportersnepal